Tue. Nov 26th, 2024

त्रिभुवन विमानस्थल भन्सारमा काम गर्न असहज भयो भन्दै मागे १ सय ३७ जना कर्मचारीले सरुवा

काठमाण्डौ – काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सरुवा मागेका छन् । ६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् ।

विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ ।

कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न आफूहरूमा व्यक्तिगत, मनोवैज्ञानिक त्रास उत्पन्न भएको उल्लेख गरेका छन् ।

About The Author

अन्य समाचारहरु: