काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन् ।
किरातीले मुलुकका सबै समस्या समाधानका लागि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने र यसका लागि आफू कुर्सी छाड्न पनि तयार रहेको बताए ।
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातीले राष्ट्रिय सहमतिका लागि आफूले जस्तोसुकै त्याग गर्ने जिकिर गरे । उनले सबै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सबैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए ।