Wed. Nov 27th, 2024

पूर्वसभामुख महरा र उनका छोराहरूमाथि लागेको सुन तस्करी आरोपमा गृहमन्त्री श्रेष्ठको ढाकछोप

काठमाडौं –नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोराहरूमाथि लागेको सुन तस्करी आरोपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नियतबस अनुसन्धान रोकेको आरोप लाग्ने गरेको छ ।

विद्युतीय चुरोट ‘भेप’मा लुकाएर हुने गरेको सुन तस्करीमा महरा तथा छोराहरू निर्मल र राहुलको प्रत्यक्ष संलग्नता देखिए पनि पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठ नियतबस अनुसन्धान रोकेको माओवादीभित्रै चर्चा चल्ने गरेको छ ।

अनुसन्धानकै क्रममा सीआइबीले उक्त भेपका मालिक चिनियाँ सुन तस्करसँग राहुलसँगै महराले बारम्बार सम्पर्क गरेको खुलेपछि भेपमार्फत हुँदै आएको सुन तस्करीमा महरा परिवारको संलग्नता रहेको प्रतिवेदन बनाएको थियो ।

सीआइबीले महरा परिवारलाई उक्त सुन तस्करी प्रकरणमा अनुसन्धान गर्नुपर्ने प्रतिवेदन बनाएर गृहमन्त्रीलाई बुझाएको थियो । उक्त प्रतिवेदन सञ्चार माध्यमहरूमा समेत सार्वजनिक भइरहेको छ । तर, पनि भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा लागेका गृहमन्त्री श्रेष्ठले भने महरा परिवारको अनुसन्धान भने रोकेका छन् ।

About The Author

अन्य समाचारहरु: