Tue. Nov 26th, 2024

सुस्तायो सेयर बजार, घट्दो बजारमा खुम्चियो कारोबार

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ५.०५ अंकले घटेको छ । सुस्ताएको सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ ।

मंगलबार ०.२५ प्रतिशतले बजार घटेको छ । बजारमा आएको सुस्ततालाई यसको कारोबार रकमले समेत पुष्टि गरेको छ ।

मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार अधिकांश उपसूचक घटेको छ ।

घट्दो बजारमा पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड, आशा लघुवित्त, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।

About The Author

अन्य समाचारहरु: