Sat. Mar 1st, 2025

‘राजाले दिएको’बोलको तीज गितमा धादिङकी स्नेहा रुपाखेतीको डेव्यु

धादिङ – हिन्दू नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी ‘राजाले दिएको’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
शर्मिला फुयालको स्वरमा रहेको यो गितमा मौलिक शब्दहरु प्रयोग भएका छन् । सार्वजनिक गितमा डान्सिङ कम्पोजमा फ्युजन गरिएको गायिका तथा कम्पोजर पनि फुयालको रहेको छ।

चर्चित मोडल स्मारिका ढकालको साथमा धादिङकी थांक्रेकी चेली स्नेहा रुपाखेतीले सार्वजानिक गितमा पहिलो डेव्यु गरेकि छिन् । चर्चित निर्देशक केशवराज भट्टको निर्देशनमा बनेको यो भिडियोमा गायिका फुयालको समेत अभिनय देख्न सकिन्छ ।

आजभोलीको गितहरुमा अश्लिल शव्द चयनगर्ने क्रम बढिरहेको हुँदा दोहोरो अर्थ नलाग्ने गरी यस गितमा मौलिक शब्दहरु प्रयोग भएको छ । भाद्र १० गते बेलुका मात्र रिलिज भएको यस गितले छोटो समयमा दर्शकहरुको मन जित्न सफल भएको छ ।

About The Author

अन्य समाचारहरु: