Tue. Nov 26th, 2024

माण्डु हाइड्रोपावरको प्रिमियम आईपीओ बिक्री खुला

काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर आईपीओ आइतबारदेखि निश्कासन भएको छ । कम्पनीले १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । भदौं ११ गतेबाट निश्कासन भएको आईपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको कम्पनीले जनाएको छ । आईपीओबाट जम्मा भएको रकमले ऋण तिर्ने कम्पनीले अर्थ कागजलाई जनाएको छ ।

About The Author

अन्य समाचारहरु: