
काठमाडौँ – शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो । ताम्राकारको पार्थिव शरीरलाई कलाकार, आफन्त र शुभेच्छुकले लगायत थुप्रैले श्रद्धाञ्जली दिएका छन् ।
७४ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएका ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनी पुत्र वियोगमा बिरामी परेका थिए ।