काठमाण्डौ –पशुपति क्षेत्र विकास कोषको देवउद्यान, गौशालाले तिर्नुपर्ने बाँकी बक्यौता आउँदो मङ्लवारसम्म बुझाउन आग्रह गरेको छ ।
कोषको साउन एक गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रूपमा अनुगमन गरी कोष अन्तर्गत रहेका पसलकवल, पार्किङहरूको बक्यौता रकम कार्यालयमा दाखिला गर्न भनेको छ ।
पटक पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्ति ,फर्म, संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकोले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।