धादिङ– जिल्ला खेलकुद विकास समिति धादिङको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ ।
बिहिबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेश सरकारले उक्त भवन निमार्णका लागि १ करोड विनियोजन गरेपनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रा.लिले ७१ लाखमा टेन्डर पारी भवन निर्माण सम्पन्न गरेको खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए । भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए ।