Sat. Mar 1st, 2025

वरिष्ठ राजनीतिज्ञ देवकोटाको निधन

Rajeshwor-Debkota

२५ साउन, काठमाडौं – वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको सोमबार निधन निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको हो । निमोनियाबाट पीडित उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।
गोर्खामा जन्मिएका देवकोटा तीनपटक राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका थिए । उनी २०१९ सालमा शिक्षा मन्त्री र २०२२ सालमा भूमिसुधार सहायक मन्त्री समेत बने ।

२००७ को जयतु सँस्कृतम् आन्दोलनको उनी एक योद्धा समेत हुन् । वीपी कोइरालासँगै कांग्रेसको संस्थापक सदस्य बनेका उनी पछि विपिसँग मत नमिलेपछि पार्टी परित्याग गरेर पञ्चायतको समर्थनमा लागेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि मत नमिलेपछि देवकोटा डेढ(दुई बर्षदेखि निष्कृय बसेका थिए ।

उनी नेपालका बरिष्ठ साहित्यकारको रुपमा पनि चिनिन्छन् । उनले मदन पुरस्कार र साझा पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कार समेत पाएका छन् । ‘विश्वास’ नामक उपन्यास उनको पछिल्लो कीर्ति हो ।

About The Author

अन्य समाचारहरु: