Sat. Mar 1st, 2025

आदिवासी दिवस धादिङमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

aadhibasi day 1
धादिङ – २१ औँ विश्व आदिवासी दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘पहिचान सहितको संघीयता आदिवासी जनजातिको अडान ! धर्म निरपेक्षता, समानुपातिक समावेशी सहितको नयाँ संबिधान!!’ भन्ने मुल नाराका साथ धादिङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् धादिङले नयाँ संविधान सस्यौदा र आदिवासी जनजाती सवाल विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । हालै बन्न लागेको संविधानमा आदिवासी जनजातीहरुको सवाल तथा विषयका बारेमा सहभागीहरुले सभासद्हरुलाई सुझाव दिएका थिए ।

महासंघका जिल्ला अध्यक्ष हरिशंकर गिदेल मगरको अध्यक्षतामा भएको कार्यक्रममा सभासद् दिलमान पाख्रिन, गुरु बुर्लाकोटी, विभिन्न राजनैनिक दलका प्रतिनिधि, जात्ीय संघसंस्थाका प्रतिनिधिहरुले सहभागीता रहेको थियो ।

samman aadhibashi 1

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद् धादिङका संस्थापक अध्यक्ष अक्कल बहादुर तामाङ र नेपाल मगर संघका केन्द्रिय सदस्य एवम् नेपाल आदिवासी जनजाती समन्वष्य परिषद् धादिङका सल्लाहकार हरिपाटा मगरलाई सहासंघको स्थापना कालदेखि उल्लेखनीय कार्य गरेको भन्दै सम्मान गरिएको छ ।

samman aadhibashi

त्यस्तै बैशाख १२ गते गएको भूकम्पमा घाइते भएकाहरुलाई प्राथमिक उपचारका लागि सहयोग गरेको भन्दै आदिवासी जनजाती महासंघ धादिङका सदस्य नारायण कुमार श्रेष्ठ लाई पनि सम्मान गरिएको छ । त्यसैगरी नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङका छोरा मनिष चेपाङलाई चेपाङ समुदायबाट प्रवेशिका परीक्षा २०७१ मा उत्कृष्ट अंक ल्याउन सफल भएको भन्दै सम्मान गरीएको थियो ।

aadhibasi day 2

दिवसमा जातीय भेषभुषामा धादिङबेसीको पुछारबजारबाट ¥याली निकालिएको थियो । ¥याली बजार परिक्रममा गरी जिल्ला विकास समितिको हलमा गएर कोण सभामा परिणत भएको थियो ।

About The Author

अन्य समाचारहरु: