Fri. Jan 31st, 2025

तीन नयाँ खेलाडी समेट्दै टी–२० विश्वकप छनोट खेल्ने महिला क्रिकेट टिम घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ क्यान ले आईसीसी महिला टी–२० विश्वकपको एशिया छनोटको बिहीबार तीन नयाँ खेलाडी समेट्दै नेपाली टिमको घोषणा गरेको छ ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा पुजा महतो, रुबी पोदा र खुशी डंगोल नयाँ अनुहारका रुपमा छन् । जुनमा हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा टोलीमा रहेका ज्योती पाण्डे, सरस्वती कुमारी र कृतिका मरासिनी टिमबाट बाहिरिएका छन् ।

आईसीसी महिला टी–२० विश्वकपको एशिया छनोट यही अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुँदैछ ।

जसमा नेपालसहित १२ राष्ट्रले खेल्नेछन् । नेपाल रहेको समूह ए मा बहराइन भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड छन् ।

About The Author

अन्य समाचारहरु: