Sat. Mar 1st, 2025

फूलचन्दले पत्नीको बिहे प्रेमीसँग गराएपछि….

married

एजेन्सी – हिन्दी फिल्म फिल्म हम दिल दे चुके सनममा अजय देवगन आफ्नी पत्नीलार्इ उसका प्रेमीसँग मिलाउन पुरै फिल्ममा प्रयासरत रहेका थिए । तर अन्तिममा जब मिलनको समय आयो तब पत्नीलार्इ आफ्नै पतिसँग प्यार हुन पुग्छ । पत्नी प्रेमीलार्इ छोडेर आफ्नै पतिसँग जीवन बिताउने निर्णयमा पुग्छिन् ।

यो कथा त अजय अभिनित हम दिल दे चुके सनम फिल्मको हो । तर भारतको उत्तर प्रदेशस्थित फैजाबाद जिल्लामा फूल, चन्दा र सुरजको हम दिल दे चुके समन फिल्मी पटकथालार्इ पनि बिर्साउने अनौठो घटना भएको छ ।

यो सत्य प्रेमकथामा जति धेरै माया र प्रेम छ त्यति नै धेरै समर्पण पनि छ । पत्नीको खुसीका लागि पतिको त्याग एकातिर छ भने अर्कातिर प्रेमीका लागि उनको प्यार पाएको खुसी पनि छ । ती पागल प्रेमी जो अर्काकी पत्नीको प्रेममा पागल भएर कसैको घर उजाड पार्न लाग्दै थिए । तर, अर्काकी पत्नीको प्रेममा पागल भएका ती युवाले प्रेमको युद्धमा जित निकालेका छन् ।

यो घटना उत्तर प्रदेशको फैजाबाद जिल्लाको हो । एक युवाले आफ्नी पत्नीको खुसीका लागि उनका प्रेमीसँग बिहे गरिदिएर दुनियाँलार्इ चकित बनाइदिएका छन् ।

suraj_chanda_fizdabad uttarpradesh

फैजाबादको चौरे बजारमा बस्दै आएका फूलचन्दको बिहे दुर्इ वर्ष अघि नजिकैको गाउँकी चन्दासँग भएको थियो । तर, चन्दा बिहै अघिदेखि नै अर्कै युवासँगको प्रेममा थिइन् । बाबुआमाले छोरी गाउँकै सुरजसँग प्रेममा परेको थाहा हुँदाहुँदै उनको बिहे छोरीको मन्जुरीबिना फूलचन्दसँग गरिदिए ।

बिहे भएको केही दिनपछि फूलचन्द कामको शिलशिलामा केही वर्षका लागि सहरतिर पसे । त्यही बेला चन्दाका प्रेमी उनलार्इ भेट्न उनको गाउँमै आइपुगे । चन्दाको बिहेपछि पनि उनीहरुबीचको प्रेम झन झाँगिदै गयो । बिहेपछि टुटेको प्रेम फेरि टुसाउन थाल्यो ।

जब दुर्इ वर्षपछि फूलचन्द रोजगारी गरेर जब आफ्नो गाउँ फर्के तब पत्नी चन्दाले आफू सुरजसँगको प्रेममा रहेको कुरा सुनाइन् । पत्नीले आफूलार्इ ढाँटेर अर्कैको प्रेममा रहेको थाहा पाएपछि फूलचन्द शुरुमा रिसाए । तर केही समयपछि उनी आफैंले पत्नीको बिहे उनका प्रेमीसँग गरिदिने निचोड निकाले ।

शुरुमा रिसाएका फूलचन्दले अन्त्यमा गाउँकै प्रधानपञ्चलार्इ बोलाएर प्रेमीसँग पत्नीको बिहे गरिदिए ।

मेरो बिहे चन्दासँग भएको थियो, मैले उनलार्इ धेरै खुसी दिउँला भन्ने सोचेको थिएँ, फूलचन्दले भने, ुतर उनी म सँग सन्तुष्ट हुन सकिनन्, उनी सुरजसँग प्रेम गर्दिरहिछन् । प्रेम सफल बनाइदिन पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएको हुँ ।

उनी आफैंले पत्नीका प्रेमी सुरजलार्इ फोन गरेर बिहेका लागि बोलाएका थिए । मैले आफैंले फोन गरेर सुरजलार्इ बिहेका लागि बोलाएँ, उनले भने, सुरजलार्इ बोलाएपछि गाउँका प्रधानपञ्चको रोहबरमा पत्नीलार्इ घरबाट अन्माएर प्रेमीको घर पठाइदिएँ ।

फूलचन्दका लागि यो काम गर्न त्यति सजिलो भने थिए । तर आफ्नी पत्नीको खुसीका उनले आफ्ना सारा सपनाको गला निमोठे । गाउँका प्रधानपञ्च र केही अन्य छिमेकीको सहयोगमा सुरजको घरसम्म उनैले बिहेको कुरा पुर्‍याए । सुरजको घरबाट फूलचन्दकै घरमा जन्ती आए । जन्ती आएपछि फूलचन्दले गाउँकै मन्दिरमा लगेर आफ्नी पत्नी चन्दा र उनका प्रेमी सुरजको बिहे धुमधामका साथ गरिदिए ।

सुरजका बाबु माता प्रसादका अनुसार उनी एकमात्र छोरा हुन् । सुरजको खुसीका लागि आफू जेसुकै गर्न तयार रहेको माता प्रसादले बताए । छोराकै इच्छा अनुसार उनको बिहे फूलचन्दकी पत्नी चन्दासँग गरिएको माता प्रसादले बताए ।

About The Author

अन्य समाचारहरु: