
स्पेनले समुद्री तटलाई जलवायु परिवर्तनको असरबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ । जलवायु परिवर्तनको असरबाट देशका समुद्री तटलाई जोगाउन स्पेनले ड्रोन तैनाथ गरेको हो ।
स्पेनका समुद्री तट विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्य हुन् । यी समुद्री तटबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ । स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतका लागि हाई रिजोलुशनु क्षमता भएका क्यामेरा मल्टिस्पेक्ट्रल सेन्सर जडान गरिएका ड्रोन उडाउन थालेको हो । यी ड्रोनले बालुवाको मात्रा अनुगमन गर्न, तथ्याङ्क सङ्कलन गर्न र समुद्री तटलाई पुनर्जीवित गर्ने उपायहरू ट्र्याक गर्न सूचना सङ्कलन गर्छन ।
क्यालाफेलका सहरी इकोलोजी काउन्सिलर आरोन मार्कोसले समुद्री तटमा पहिले नै उल्लेखनीय सुधार गरेकोले समुद्री आँधी र छाल रोक्न सक्ने बताए । ड्रोनले समुद्री किनारमा हुने बदलावको निरन्तर अनुगमन गर्ने र तथ्याङ्क सङ्कलन गर्ने भएकोले काम गर्न सजिलो भएको उनको भनाइ छ ।