Wed. Nov 27th, 2024

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार

काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन् ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ ।

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।

About The Author

अन्य समाचारहरु: