काठमाण्डौ – एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काको स्थानीय क्लबसँग पराजित भएको छ ।
आज बुधवार भएको खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ९८ रनको लक्ष्य ब्लूमफिल्डले ४ विकेट गुमाएर २४ ओभर ३ बलमै भेटायो । ब्लूमफिल्डका हसिथा बोयागोडाले ९० र अशान फर्नान्डोले नटआउट ५६ रन बनाए । बलिङतर्फ नेपालका सूर्य तामाङ र प्रतिश जिसीले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४३ ओभर ४ बलमा १ सय ९७ रनम अलआउट भएको थियो । नेपालका अर्जुन साउदले ७९ र सन्दीप जोराले ३१ रन बनाए । बलिङतर्फ ब्लूमफिल्डका ए वानीनायके र एम पेरेराले २/२ विकेट लिए ।
नेपालले एसिया कपअघि श्रीलङ्कामा विशेष तयारी गरिरहेको छ । अब नेपालले ३ वटा अभ्यास खेल खेल्नेछ । नेपालले बाँकी खेल कोसँग, कहिले खेल्ने भन्नेबारे नेपाल क्रिकेट सङ्घ ९क्यान ले जानकारी दिएको छैन ।
नेपालले एक महिनापछि श्रीलङ्का र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ गते मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलङ्का जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ गते हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरु मा पुग्नेछन् । सुपर फोरु पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।