Wed. Nov 27th, 2024

एक क्वीन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

काठमाण्डाै – झन्डै एक क्वीन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लोपटक आइतबार सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् ।

आइतबार पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन् ।राजस्व अनुसन्धान विभागका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । यस्तै, भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनले छ दिनको म्याद दिएको छ ।  यसअघि सुन बरामद भएकै दिन गएको बुधवार पक्राउ परेका छ जनामाथि १० दिन र बिहीवार पक्राउ परेका चार जनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: