Fri. Nov 29th, 2024

डेंगु बढी प्रभावित जिल्लामा धादिङ दोश्रो स्थानमा !

धादिङ- नेपालमा डेंगुका बिरामी दिन प्रतिदिन थपिँदै गइरहेका छन्। पछिल्लो दुई हप्तामा मात्र २ हजारभन्दा बढी बिरामी थपिएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्। धादिङको तथ्यांक हेर्ने हो भने पछिल्लो ५ दिनमा १ सय १४ जनामा डेंगु संक्रमण भेटिएको छ ।

डेंगुका थप भएका बिरामी पनि अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आएका मात्र हुन्। स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको स्वास्थ्य कार्यालय धादिङको अनुमान छ।

पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी थप भएको विवरण सार्वजनिक भैरहेको छ।

सुनसरी पछि बढी प्रभावित भएको जिल्ला धादिङ नै हो । धादिङमा दैनिक २० जना भन्दा बढीमा संक्रमण भेटिदै आएको छ ।

पछिल्लो २ सातामा सुनसरीमा १५ सय ७१ जनामा संक्रमण भेटिएको छ । धादिङमा २ सय ५८ जनामा संक्रमण भेटिएको छ।

यी हुन् धेरै बिरामी देखिएका १० जिल्लाहरु
सुनसरी- १५७१
धादिङ – २५८
दार्चुला – १८८
कास्की – १४९
संखुवासभा – ५८
काठमाडौं – ४६
कञ्चनपुर – ३९
भक्तपुर – ३५
म्याग्दी – ३५
झापा – ३२

About The Author

अन्य समाचारहरु: