Sat. Mar 15th, 2025

चीन अत्यधिक गर्मीको चपेटामा, तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस

एजेन्सी – युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ ।

चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको सानबाओ टाउनशिपमा तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको तुरफन डिप्रेशनको सानबाओ टाउनशिप अंगुरका लागि पनि प्रख्यात छ । त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै मापन भएको थियो ।

यस्तै, चीनको राजधानी बेइजिङमा २८ दिनदेखि अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै छ ।

About The Author

अन्य समाचारहरु: