२३ श्रावण, काठमाडौ -आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार२०७२ (आइभिए अवार्ड) बाट ७ जना पत्रकारहरु पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आइरहेको पुरस्कार छापा, रेडियो र टेलिभिजनमा आबद्ध पत्रकारहरुलाई प्रदान गरेको हो । पुरस्कार शनिबार एक कार्यक्रमको आयोजना गरी सभामुख सुवासचन्द्र नेम्वाङले प्रदान गरे ।
पत्रकारिता पुरस्कार पाउनेमा छापातर्फ सन्ध्या टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धर र हिमाल खबरपरित्रकाका देविका घर्तीमगर, टेलिभिजनतर्फ सगरमाथा टिभीका रोजिना लामा र संयुक्त रुपमा एबीसी टिभीका लोकबहादुर गुरुङ र लाला गुरुङलाई प्रदान गरिएको छ । त्यसैगरी रेडियोतर्फ इलाम एफ.एमका सन्तोष नेम्बाङ र रुपन्देहीस्थित रेडियो जागरणका कमला चौधरीलाई पुरस्कृत गरिएको छ ।
फोनिजले एसियामा आदिवासी जनजाति गठबन्धन (एआईपिपि)को सहयोगमा विश्व आदिवासी दिवसको अवसरमा हरेक वर्ष पुरस्कार दिंदैआएको छ ।