Sat. Mar 1st, 2025

छायांकन अगावै फिल्म हात्तीछापु को लगानी सुरक्षित

काठमाडौ । सिमोस सुनुवारले निर्देशन गरिरहेको फिल्म ुहात्तीछापु को डिजिटल राइट्स बिक्री भएको छ।

ओएसआर डिजिटलले फिल्मको नेपाली र हिन्दी संस्करणको डिजिटल राइट्स किनेको हो। मंगलबार निर्माता किरण नेपाली र ओएसआरका प्रमुख ओम अग्रवालबीच कागजी सम्झौता भएको छ।

निर्माता नेपालीका अनुसार फिल्मको डिजिटल राइट्स महंगो रकममा बिक्री गरिएको छ। तर उनले बिक्री भएको रकम खुलाएका छैनन्।

ुफिल्मको हिन्दी भाषाको डिजिटल राइट्स अब ओएसआरले जुन कम्पनीलाई पनि बेच्न पाउँछ। हामीले सोही अनुसार सम्झौता गरेका छौं,’ उनले भने।

यो फिल्मको विदेशको प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ। डिजिटल राइट्स र विदेश प्रदर्शन अधिकार बिक्री भएसँगै फिल्मको लगानी सुरक्षित भएको निर्माता नेपालीले बताए।

About The Author

अन्य समाचारहरु: