धादिङ– धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ समनटार स्थित शिलादेवी आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
इन्जिलिङ्जेन (क्ष्ल्श्ीक्ष्ल्न्भ्ल्) नामक विदेशी संस्थाको सहयोगमा एकिकृत सामुदायिक विकास अभियान (आईसिडिसी) धादिङले भवन निर्माण गरिदिएको हो । कूल ६१ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको आईसिडिसीका ब्यवस्थपक विनोद रिजालले जानकारी लिए ।
भवनको आइतबार एक समारोहकाबीच थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गर्दै विद्यालयलाई साँचो हस्तान्तण गरेका छन् । भवनको साँचो हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष आचार्यले भाडामा संचालन हुदै आएको विद्यालयलाई पक्की भवन निर्माण गरिदिने सहयोगी संस्थाहरुलाई धन्यवाद दिए ।
भवन बनाउन जग्गा उपलब्ध गराउने जग्गादाताहरु कान्छा राई, ज्ञानबहादुर राई, सुजन राई र विन्दा राईलाई सम्मान गरिएको छ । विद्यालय भवन निर्माणमा पहलकदमी लिइ महत्वपूर्ण योगदान पु¥याउने निवर्तमान उपाध्यक्ष अम्बिका रुपाखेती र निवर्तमान वडाध्यक्ष राजकुमार पौडेललाई पनि विद्यालयले सम्मान गरेको छ ।
एकिकृत सामुदायिक विकास अभियानका अध्यक्ष गोपाल लंसालले विद्यालय भवन निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । भवन निर्माणपछि विद्यालयका अभिभावक र विद्यार्थी खुसी भएका छन् ।