Tue. Nov 26th, 2024

बुढीगण्डकी १० मिनेट थुनियो

budhigandaki aayojana

गोरखा –  गुम्दा–५ को भोर्लाडाँडाबाट खसेको पहिरोले बुढिगण्डकी नदी बुधबार बिहान १० मिनेट थुनिएको छ ।

बुधबार बिहान दुईबजे १० मिनेटसम्म नदी थुनिएको माछाखोलाका दिनेश गुरुङले जानकारी दिए ।  तर छिट्टै खोलिएकाले कुनै क्षति नभएको उनले बताए । ‘ठूलो पहिरो झरेको आवाजले सबै गाउँले ब्युँझिए’ उनले भने ‘अनि कहाँ के भयो होला भनेर सबै गाउँलेहरु उठेर हेर्न जाँदा माछाखोलाभन्दा केही तल पहिरो खसेको देखियो ।

नदी तालिएर खच्चड बाँधेकोसम्म आएको रहेछ । हामी खच्चड जोगाउन तिर लागियो । तर एकैछिनमा पानी बग्न थाल्यो ।’
नदी थुनिएपछि केहीबेर माछाखोलामा त्रास फैलिएको उनले बताए । भुकम्पसंगैको पहिरोले माछाखोला बजारका बासिन्दा स्थानान्तरण भएर लप्सीबोट गएका थिए ।  अवस्था सामान्य हुन थालेपछि करिब एक महिनायता व्यापारी तथा होटल ब्यबसायीहरु माछाखोला नै फर्किएका स्थानीय लालकौशी गुरुङ बताउँछन् ।

‘माछाखोलाको बाटो बटुवा हिँड्न थालेपछि हामी २५/३० घरधुरी व्यापारी फेरि यहाँ झरेका छौं’ उनले भनिन् ‘तर बेलाबेला यसरी नै पहिरो खस्ने, नदी थुनिने भइरहँदा हामी त्रसित छौं ।’

About The Author

अन्य समाचारहरु: