Sat. Mar 15th, 2025

फिलाडेल्फिया गोली काण्डमा चार जनाको मृत्यु

एजेन्सी – अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना संदिग्ध आक्रमणकारीलाई हिरासतमा लिइएको छ ।

गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो । एक थान राइफल र एउटा ह्यान्डगन पनि प्रहरीले बरामद गरेको छ । घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।

गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने २८ जना घाइते भएका थिए ।

About The Author

अन्य समाचारहरु: