धादिङ – घुस लिदालिदै गर्दा नापी कार्यलय धादिङका नायब सुब्बा लोकनाथ बुर्लाकोटी पक्राउ परेका छन् ।
सेवाग्राहीसँग काम मिलाईदिन्छु भन्दै नगद १ लाख ५० हजार लिदै गर्दा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले पक्राउ गरेको हो । सदरमुकाम धादिङबेसी स्थित दाजुभाई रेष्टुरेण्ड एण्ड लज धादिङमा सेवाग्राहीसँग काम बनाइदिने भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सुराकीको आधारमा सेवाग्राहीबाट घुस बापत सो रकम अख्तियारले बरामद गरेको हो ।