Fri. Nov 29th, 2024

बर्खायाम सुरुसंगै धादिङबेसीमा बढ्यो डेंगुको संक्रमण !

धादिङ- बर्षात सुरु भएसंगै धादिङमा डेंगुका बिरामीको सङ्ख्या बढ्न थालेको छ। रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगुका बिरामी पनि बढ्न थालेको हो।

धादिङ अस्पतालमा मात्रै पछिल्लो समय दैनिकजसो ३ जनामा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिए । जेठ पहिलो सातादेखि असार १७ गतेसम्म धादिङ अस्पतालमा उपचारको लागि आएका मध्य ८८ जनामा डेंगु संक्रमण भेटिएको रिजालले बताए ।

दिनानुदिन संक्रमणको दर बढ्दै गएको छ । खासगरी सदरमुकाम आसपासका क्षेत्रमा संक्रमणको संख्या बढ्दो छ । स्थानीय त्रसित बनेका छन् । ग्रामीण वस्तीहरुमा पनि डेंगुको संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

‘अस्पतालमा जाँच गर्न आएका मध्ये दिनमा तीन जना जतिलाई डेंगुको संक्रमण भेटिने गरेको छ’, धादिङ अस्पतालका डाक्टर माधव पौडेल भन्छन्- ‘डेंगु रोगको संक्रमण दिनानुदिन बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो । ’

डेंगु संक्रमण भेटिएका अधिकांश बिरामीलाई भर्ना गरेर राख्नु पर्ने अवस्थामा अस्पताल आइपुग्ने उनले बताए । संक्रमण भएपछि शरीरमा सेतो रगतको मात्रा घट्ने र पानी मात्रा कम हुने भएकोले बिरामीको अवस्था चाडै कमजोर बन्ने भएकोले भर्ना गर्नैपर्ने अवस्था आउने डा. पौडेलले बताए ।

वर्खायाममा आकासबाट पानी पर्न थालेपछि खाल्डाखुल्डीमा पानी जम्ने र लामखुट्टेले डेंगुको संक्रमण फैलाउने गरेको पाइएको छ ।

About The Author

अन्य समाचारहरु: