Sat. Mar 1st, 2025

मेसिनमा च्यापिएर धादिङ नलाङका सिजन गिरीको मृत्यु

malishya

मलेसिया – मलेसियाको इपोस्थित एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङ नलाङका सिजन गिरीको मृत्यु भएको छ ।

कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर उनको सोमबार मृत्यु भएको हो ।

गिरी इपोको एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । मेसिनमा प्लास्टिकको कच्चा पदार्थ लगाउने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त राजेन्द्र पुरीले जानकारी दिए ।

गिरीको शव पोस्टमार्टमका लागि इपो अस्पतालमा राखिएको छ् । कम्पनीले गिरीको शब बिहीबार नेपाल पठाउने भएको छ ।

About The Author

अन्य समाचारहरु: