Wed. Nov 27th, 2024

४२ स्थानीय तहले ल्याउन सकेनन् समयमै बजेट

काठमाडौं – देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४२ वटाले समयमै बजेट ल्याउन सकेनन् । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले दिएको जानकारी अनुसार १० असार भित्रमा ७ सय ११ स्थानीय तहले मात्र बजेट ल्याएका हुन् ।

स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम १० असारमै स्थानीय तहकै बजेट ल्याउनुपर्ने प्रावधान छ ।

ऐनले १० असारभित्र अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने व्यवस्था गरे २९ गाउँपालिका र १३ नगरपालिकाले बजेट ल्याउन सकेनन् । समयमा बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये सबैभन्दा बढी २३ वटा पालिका मधेश प्रदेशका छन् ।

मधेश प्रदेशको १३६ स्थानीय तह मध्ये २३ पालिकाले १० असारमै स्थानीय तहको सभामा बजेट पेश नगरेका हुन् । ५९ गाउँपालिका रहेको मधेश प्रदेशमा १३ गाउँपालिकाले बजेट ल्याएका छैनन् ।

यस्तै मधेश प्रदेशमा रहेका ७७ वटा नगरपालिकामध्ये ६७ वटाले मात्रै ल्याएका हुन् । चालु आवमा पनि मधेश प्रदेशमा नै बजेट पेश गर्ने समस्या देखिएको थियो ।

About The Author

अन्य समाचारहरु: