Sat. Mar 1st, 2025

लाइभ दोहोरीमा जमेका छत्र

जुम्ला – हिमा गाउँपालिका–६ पाथरखोलाका छत्र शाहीको गायनमा सानैदेखि रुचि थियो । कलाकार बन्ने सपनासहित १० वर्षअघि काठमाडौं हानिएका छत्र अहिले लोकदोहोरीमा चलेको नाम हो ।
टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ मा ४ वर्षदेखि लाइभ दोहोरी गाइरहेका उनीसँग सम्भवतः दोहोरी नगाएका महिला कलाकार नै छैनन् । उनले २०७० सालदेखि करिब ५ वर्ष काठमाडौंस्थित यानीमाया दोहोरी साँझमा काम गरेका छत्रले त्यहाँ कमाएको पैसाले देउडा गीत रेकर्ड गर्न थालेका थिए । पछि उनी लाइभ दोहोरीमा प्रवेश गरेका हुन् । छत्रले १६ वटा देउडा गीत गाइसकेका छन् ।

कर्णालीको देउडा भाका त उनका लागि सहज नै बन्यो । त्योभन्दा बढी उनी पूर्वदेखि पश्चिमसम्मका जुनसुकै भाकामा दोहोरी गाउन सक्ने हिम्मत राख्छन् । २०४८ सालमा जन्मिएका उनको बाल्यकाल भने दुःखैमा बित्यो । १० वर्षको उमेरमै बुबा गुमाएपछि उनले सानै उमेरमा पनि परिवारको जिम्मेवारी लिनुपर्‍यो ।

उनले पिठ्युँमा भारी बोकिरहँदा होस् या खेतबारीमा काम गर्दा गीत गुनगुनाइरहे । २०६१ सालमा १३ वर्षको उमेरमा उनी माओवादी द्वन्द्वमा सहभागी भए । उनले पुगेली जनसांस्कृतिक कलाकारको अध्यक्ष भएर काम गरे । ‘त्यो बेला पनि गाउँबस्तीमा पुगेर जनवादी गीतहरू गाइरहे,’ उनले भने, ‘जसले मेरो स्वरलाई अझ निखार्नर् सहयोग गर्‍यो ।’

About The Author

अन्य समाचारहरु: