Sat. Mar 15th, 2025

पूर्वी नेपालका बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने चिनियाँ राजदुतको घोषणा

पोखरा — पूर्वी नेपालमा बाढी पहिरो प्रभावितलाई सहयोगस्वरूप चिनियाँ दूतावासले नगद ४० लाख र एक करोड बराबरका राहत सामग्री सहयोग गर्ने राजदूत छन सोङले घोषणा गरेका छन् । पोखरामा शनिबार ड्रागन बोट रेस फेस्टिभलको समापनमा उनले उक्त घोषणा गरेका हुन् ।

अहिले नेपाल सरकारको ध्यान पूर्वी नेपालमा छ,’ उनले भने, ‘चीन र नेपाल पनि नदी र हिमालबाट एक आपसमा जोडिएको छन् । यो दुःखको घडीमा सहयोग गर्नु हाम्रो पनि दायित्वभित्र पर्छ ।’

उनले बोट रेसको आयोजकको रूपमा नगद र चीन–दक्षिण एसिया आपतकालीन् आपूर्ति भण्डारबाट राहत तथा उद्धार सामग्री सहयोग गर्ने बताए । यस वर्षदेखि सुरु भएको ड्रागन बोट रेस आगामी वर्ष पनि निरन्तरता दिने उनले जनाए । ;

About The Author

अन्य समाचारहरु: