Wed. Nov 27th, 2024

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे छलफल

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ ।

बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटमा माओवादी आन्दोलनको उपलब्धिको रक्षाका लागि पार्टी एकता गर्नेबारे छलफल भएको छ ।

गएको सोमवार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

मोर्चा गठनपछि माओवादी र नेकपा बीच पार्टी एकता हुन सक्ने विश्लेषण हुँदै आएको थियो ।

माओवादीबाट छुट्टिएर अलग्गै पार्टी गठन गरेका नेत्र विक्रम चन्दले पछिल्लो समयमा प्रचण्डको खुला रुपमा प्रशंसा गर्दै आउनु भएको छ ।

जनयुद्ध दिवस घोषणा र त्यस क्रममा मारिएकाको नाम शहीदको रूपमा राजपत्रमा प्रकाशित गर्ने निर्णयपछि विप्लव प्रचण्डप्रति नरम देखिनु भएको हो ।

यस्तै, आजको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा विषयमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । खुला रुपमा प्रशंसा गर्दै आउनु भएको छ ।

जनयुद्ध दिवस घोषणा र त्यस क्रममा मारिएकाको नाम शहीदको रूपमा राजपत्रमा प्रकाशित गर्ने निर्णयपछि विप्लव प्रचण्डप्रति नरम देखिनु भएको हो ।

यस्तै, आजको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा विषयमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: