धादिङ – प्रवेशिका परीक्षा २०७१ मा चिल्डेनपार्क आवसीय उच्च माविका नविन बुर्लाकोटी जिल्ला प्रथम भएका छन् । ७ सय ४७ अंक सहित नविन जिल्ला प्रथम भएका हुन् । यस अघि धादिङ आवसीय उमाविका छात्रा जुना श्रेष्ठ जिल्ला प्रथम भएको भनिएतापनि पुनर्योग गर्दा चिल्ड्रनपार्क उमाविका नविन बुर्लाकोटी प्रथम भएको विद्यालयले दावी गरेको छ ।
गत असार पहिलो हप्ता प्रकाशित परीक्षाफलमा चित्त बुझदो अंक नआएपछि पुनर्योग गराएपछि नवीन जिल्ला प्रथम भएको मंगलबार धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । असारमा प्रकाशित परीक्षाफलमा ७ सय ३८ अंक ल्याएका थिए । चित्त नबुझेर पुनर्योग गर्दा अहिले ७ सय ४७ (९३.३८५) अंक ल्याएको छ । उनले स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको शैद्धान्तिक परीक्षामा ६० अंक ल्याएका थिए अहिले पुनर्योग गर्दा ९ अंक थप गरी ६९ अंक ल्याएका छन् ।
परीक्षाफल असन्तुष्ट भई परीक्षा नियन्त्रण कार्यालयको प्रावधान अनुरुप पुर्नयोग ९च्भतयतबष्लिन०को लागि दिइएको निवेदन माथि भइ आएको कार्वाही स्वारुप परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक त्रुटिमा सुधार गरी श्रावण १८ गते प्रकाशित नतीजामा परिवर्तन गरेको विदँलयले जानकारी दिएको छ ।
यस वर्ष विद्यालयबाट सहभागी ४३ विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । त्यस मध्ये ३५ जना विशिष्ट श्रेणी तथा ८ जना प्रथम श्रेणीमा सफल भएका थिए । नवीन यस वर्षको उसएलसी परीक्षामा नेपाल भरकै तृतीया भएको विदालयले दाबी गरेको छ ।
वि.सं. २०५३ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापित विद्यालयले जिल्लाको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी स्वरुप शैक्षिक गुणस्तर वृद्धि गर्दै २०५९ साल देखि प्रवेशिका परीक्षामा यस विद्यालयबाट विद्यार्थीहरु सहभागी गराएसँगै प्रवेशिका परीक्षाको परीक्षाफलमा निरन्तर जिल्लाकै अग्रस्थान हाँसिल गर्दै आएको विद्यालयका प्रधानाध्यपक षष्टी कुमार श्रेष्ठले जानकारी दिए ।