Wed. Nov 27th, 2024

बागमती प्रदेशको बजेट : हेटौँडा उपमहानगरमा हुँदै नभएको वडालाई १ करोड बजेट विनियोजन

हेटौँडा – हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगरी हेटौँडा २० र २२ जोडने कर्रा खोला पुल निर्माणको लागि भन्दै बजेट विनियोजन गरिएको छ ।

हेटौँडाको १९ वडाहरूमा समानुपातिक बजेट विनियोजन नगरेको आरोप खेप्दै आएको सरकारले हुँदै नभएको वडामा बजेट विनियोजन गरेपछि थप विवादमा तानिएको छ ।

About The Author

अन्य समाचारहरु: