काठमाडौं – नेपाल सरकारको मुख्य सचिवमा सोमलाल सुवेदी नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्रीपरिषदको निर्णयले सुवेदीलाई नियुक्त गरेको हो ।
सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव हुन्।
लीलामणि पौडेलले साउन २३ गतेदेखि अवकाश पाउने भएकाले उनी विदामा बसेका छन् । सुवेदी २३ गतेसम्म कामु मुख्य सचिवका रुपमा रहनेछन् ।