Wed. Nov 27th, 2024

चौतर्फी घेराबन्दी तोड्न एमालेले नयाँ रणनीति तय गर्छ : देवकोटा

धादिङ– चौतर्फी घेराबन्दी तोड्न एमालेले नयाँ रणनीति तय गरेको नेकपा एमालेका केन्द्रिय सदस्य एवं धादिङका इन्चार्ज धर्मदत्त देवकोटाले बताएका छन् ।

एमाले पार्टीलाई चारैतिरबाट घेराबन्दी भैरहेकोले त्यो घेराबन्दी तोड्न र जनतालाई नेकपा एमाले पार्टीप्रति एकताबद्ध पार्न केन्द्रिय कमिटीले नयाँ रणनीति तय गरि अगाडि बढ्ने निर्णय गरेको देवकोटाले बताएका हुन् ।

देश यतिबेला भ्रष्टाचारमा लिप्त रहेको, बिकास आयोजनाहरु अलपत्र पारेको र जनताको जनजिविका महंगिले कष्टकर हुँदै गएकोले नेकपा एमालेले सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने उनले बताए । युवाहरुलाई नेकपा एमाले पार्टीमा संगठित गर्दै आगामी निर्वाचनसम्म नेकपा एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक रहेको पनि उनले बताए ।

एमाले जिल्ला कमिटी धादिङको शुक्रबार भएको सातौं पुर्ण बैठकमा सहभागी नेता देवकोटाले नेकपा एमालेका नेता कार्यकर्ता पनि स्वच्छ, इमानदार र नैतिकवान हुनुपर्ने, जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने र पार्टी भित्रका आन्तरिक गुनासो / समस्यालाई आत्माआलोचित हुँदै पार्टी भित्रैबाट समाधान गर्नुपर्ने बताए ।

एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कमिटी सदस्यहरु खेम लोहनी, जानुका सिम्खडा, केन्द्रिय लेखा आयोग सदस्य मिनराज कँडेल, केन्द्रिय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, रामप्रसाद अधिकारी लगायतका नेताहरु सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: