Sat. Mar 1st, 2025

स-परिवार विष सेवन- बाबु छोरीको मृत्यु, आमा गम्भीर

काठमाडौं – संयुक्त रुपमा विष सेवन गरेका एक परिवारका दुई जनाको मृत्यु भएको छ । वीष सेवन गरेर संगै सुतेका बाबु र छोरीको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर छ । रुपन्देहीको मुर्गियामा एकै परिवारका सबै ३ जनाले बिष सेवन गर्दा २ जनाको मृत्यु भएको छ । भने १ जनाको अबस्था गम्भिर बनेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सैनामैना नगरपालिकाको वडा नं। ३ खकनपुर निवाशी टिकाराम सुवेदीका परिवारका सबैले विष सेवन गरेका हुन । ३९ बषिर्य टिकाराम सुवेदी, उनकी श्रीमति ३४ बषिर्या कमला सुवेदी र १३ बषिर्या छोरी समिक्षा सुवेदी ले संयुक्त रुपमा बिष सेवन गर्दा बाबु छोरीको मृत्यु भएको हो भने श्रीमतीको अबस्था गम्भिर रहेको छ । इप्रकाका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेका अनुसार टिकाराम अस्वस्थ्य रहेका कारण पटक पटक उपचार गराउदा पनि सञ्चो नभएपछि तनावका कारण विष सेवन गरेको भनि उनकी श्रीमती कमलाले लेखेको सुसाइट नोट घटना स्थलमा फेला परेको छ ।

सोमवार राती खाना खादा उनीहरुले विष सेवन गरेको हुनसक्ने प्रहरीले जनाएको छ । विहान अवेरसम्म ढोका नखुलेपछि छिमेकीहरुले प्रहरीलाई खवर गरेका थिए । प्रहरी घटना स्थल पुग्दा सुसाइट नोट फेला परेको थियो भने उनीहरु मध्ये बावु, छोरी र श्रीमती बेडमा पल्टिरहेको अवस्था थियो । घटना स्थल पुगेका इप्रका रन्यौराका प्रहरी निरिक्षक ध्रुव प्रसाद सिलवालका अनुसार बावु छोरी मृत्य अवस्थामा भेटिएका थिए भने त्यही वेडमा कमला रहेकी थिइन । उनले सास फेरीरहेको पाएपसछि तत्काल अस्पताल पठाइएको सिलवालले पठाए । इप्रकाका प्रहरी नायव उपरिक्षक घिमिरेले सुसाइट नोटमा श्रीमान विरामी भएको असैय पीडा सहन नसकी स्वइच्छाले आत्महत्याको बाटो रोजेकाले कशैमाथि शंका नगर्न र दोष नदिन उल्लेख गरिएको बताए ।

विष सेवनबाट बावु छोरीको मृत्यु भएको छ भने गंभिर घाइते कमलालाई उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलबाट चितवन पठाइएको प्रहरीले जनाएको छ । मृत्यक समिक्षाले स्थानिय विद्यालयमा कक्षा ८ मा अध्यान गर्दै आएकी थिइन । इलाका प्रहरी कार्यालय बुटवलका सइ नवराज पोखरेलले तनावका कारण विष सेवन गरेको हुन सक्ने बताए । प्रहरीका अनुसार सोमवार साझ खिर पकाएर खाएको देखिएको प्रहरीले जनाएको छ । दुइवटा विषादी सेवन गरेको पनि देखियो सिलवालले भने । घरायसी विवाद केही देखिदैन, आर्थिक अवस्था पनि राम्रै देखिन्छ के कारणले होला यसै भन्न सकिदैन सिलवालले भने । नयापत्रिकाबाट

About The Author

अन्य समाचारहरु: