Fri. Feb 28th, 2025

विश्वकप छनोट : सुपरसिक्समा पुग्न नेपाललाई मौका

काठमाडौ – सन् २०२३ को सुरुवाती महिनामा सानदार प्रदर्शनपछि नेपालले जिम्बावेमा असार ३ देखि सुरू हुने आइसिसी क्रिकेट विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ को अंक तालिकामा नेपाली टिम गत फेब्रुअरीसम्म खराब स्थितिमा थियो। अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको एकदिवसीय मान्यता समेत खतरामा परेको थियो।

तर फेब्रुअरीमा भारतका मोन्टी देसाई मुख्य प्रशिक्षक नियुक्त भएपछि भने नेपालले अद्भूत खेल देखायो।

लिग–२ मा १२ खेल बाँकी थिए। १२ मध्ये कम्तिमा १० खेल जिते मात्र शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्ने समिकरण थियो।

नेपाली टिमले कीर्तिपुरस्थित त्रिवि मैदानमा हजारौं समर्थकका अघि सानदार प्रदर्शन गर्‍यो। नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा ८ खेल र युएईमा ४ खेल खेल्ने तालिका थियो।

११ मध्ये १० जित निकाल्दै विश्वकप छनोट नजिक पुगेको नेपालले १२औं खेलमा युएईविरूद्ध डिएलएस मेथडमा जित निकाल्दै जिम्बावेको टिकट पक्का गर्‍यो। नेपालले युएईमा एक खेल हार्दा त्रिवि मैदानमा भने सबै ८ खेल जित्यो।

यससँगै अहिले नेपाली टिम जिम्बावेमा छनोट प्रतियोगिता खेल्नका लागि पुगिसकेको छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख जिम्बावेमा राम्रो नतिजा ल्याउन केन्द्रीत हुने बताउँछन्।

छनोट प्रतियोगितामा पुगेको कुरा अविश्वसनीय थियो, शेखले आइसिसीसँग कुरा गर्दै भनेका छन्, इमानदारीपूर्वक भन्नुपर्दा १२ मध्ये ११ खेल जित्नु अप्रत्याशित थियो।

उनले अघि भने, ुयो एक टिमको प्रयास थियो, सबैले योगदान दिएका थिए। मलाई लाग्छ हामी क्रिकेटको साथ उत्कृष्ट यात्रामा छौं र हामी क्वालिफायरका लागि साँच्चै उत्साहित छौं। हामी लिग(२ मा पहिले खेलेका धेरै खेलहरूमा धेरै जित नजिक थिए र पछिल्ला खेलहरूमा वास्तवमै राम्रोसँग लड्यौं, यसले हामीलाई आत्मविश्वास दिएको छ।

About The Author

अन्य समाचारहरु: