
काठमाडौ – अर्जेन्टिनामा गएराति सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो।
उरुग्वेले पहिलो पटक यू २० विश्वकप जितेको हो। त्यस्तै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप–विजेतामा सीमित भयो।
यू–२० विश्वकपको उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो। अर्जेन्टिनाले अहिलेसम्म ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ। त्यस्तै पोर्चुगल र सर्बियाले २ – २ पटक यो उपाधि जितेका छन्।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा भने इजरायलले दक्षिण कोरियालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।