Wed. Nov 27th, 2024

युनाइटेड सिमेन्टको प्रदुषणबाट पीडित स्थानीयद्धारा जिल्ला प्रशासनमा ज्ञापनपत्र

धादिङ– धादिङको धुनीबेसी नगरपालिका वडा नं. ९ जुगेडीमा संचालित युनाटेड सिमेन्ट उद्योगबाट निस्कने प्रदुषणबाट पीडित बनेका स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएका छन् ।

उद्योग आसपासमा रहेका किसानहरुको उत्पादनमा क्षति पुग्नुका साथै स्वास्थ्यमा रमेत प्रदुषणका कारण गम्भीर समस्या देखिन थालेको भन्दै स्थानीयहरुले ज्ञापनपत्र बुझाएका हुन् । संघीय राजधानीसँग जोडिएको र तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको स्थानमा सिमेन्ट उद्योगबाट निस्किएको प्रदुषणले हरेक वर्ष तुलनात्मक रुपले नोक्सानी व्यहोर्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘जुगेडी जिल्लाकै पहिलो तरकारी पकेट क्षेत्र हो । यहाँका मानिसहरु अधिकांशको मुख्य पेशा कृषि नै हो । तर धुलोयुक्त प्रदुषणले गर्दा उत्पादित कृषि उत्पादन नै विक्रीयोग्य हुँदैन । उद्योगको प्रदुषणले प्रभाव पाने क्षेत्रका सबै परिवारको अवस्था कम्जोर बन्दै गइको छ,’ जुगेडी खाद्य अधिकार प्रभावित समूहले बुझाएको विज्ञप्तीमा भनिएको छ ।

यहाँका २ सय ३० परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । यहाको २० प्रतिशत राई परिवारको अवस्था निकै कमजोर छ । कृषि पेशाले जीविकोर्पाजन चलाउदै आएकोमा अहिले लगानी बराबरको मूल्य पनि नबाउने अवस्था सिर्जना भएको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर देखा परेको छ । घाटी खसखसाउने, आँखामा पिरो हुने, चिलाउने समस्या देखिएको विज्ञप्तीमा उल्लेख छ ।

सिमेन्ट उद्योगबाट निस्कने धुवाँधुलो पूर्ण रुपमा बन्द गरिनु पर्ने, मुख्य राजमार्ग देखि उद्योगसम्म आउने सडक चौडा, पक्की ढलान वा कालो पत्र गर्नु पर्ने, कृषि विमा (वाली तथा पशु) गरिदिनु पर्ने र अहिलेसम्मको नोक्सानीको एकमुष्ट क्षतिपूर्ति दिनु पर्ने, स्थानीय समूदायका सवै सदस्यको पूर्ण स्वास्थ्य विमा गरिदिनु पर्ने र जुगेडीमा स्वास्थ्य सेवा सञ्चालन गर्नु पर्ने लगायतका माग राखेका छन् ।

स्थानीय महिलाहरुलाई हस्तकला सीप सम्वन्धी तालिम सञ्चालन गरि व्यावसायिक बनाउनु पर्ने, उद्योग खोल्दा स्थानीयहरुलाई दिएको आश्वासन एक घर एक रोजगार कार्यान्वय गर्नु पर्ने, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको विषयमा नगरपालिका, उद्योग व्यवस्थापन पक्ष र समुदायका प्रतिनिधि छलफल हुनु पर्ने र चौमासिक रुपमा त्रिपक्ष समिक्षा बैठक गरिनु पर्ने, पोली फर्म उत्पादन गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरु विरामी पर्न थालेकाले स्थानीयलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्ने बतावरण मिलाउनु पर्ने विज्ञप्ती मार्फत माग गरेका छन् ।

About The Author

अन्य समाचारहरु: