Sat. Mar 1st, 2025

मुम्बईमा भवन भत्किँदा ११ को मृत्यु

Collapse_20150804014822

मुम्बई -भारतको मुम्बईमा एक घर भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मुम्बई प्रहरीका अनुसार मंगलबार भत्किएको तीन तले उक्त भवनमा अझैं मानिस पुरिएको आशंका गरिएको छ ।

सार्वजनिक भएको समाचारहरुका अनुसार स्थानीय प्रशासनले यसअघि नै घरलाई बस्नको लागि अयोग्य घोषित गरेपछि घरमा बसोबास गरिरहेकाले घर खाली गर्न मानेका थिएनन् । मुम्बईमा पछिल्ला २ वर्षमा मात्रै आवासीय घरहरु ढलेर एक सय भन्दा बढीको ज्यान गइसकेको छ । नौपदा क्षेत्रमा रहेको उक्त भवन भत्किएपछि उद्दारकर्ताहरुले खोजी र उद्दार कार्य जारी राखेका छन् ।

‘११ शव भेटिएको छ र ७ जनालाई जिवितै उद्दार गरिएको छ’, उद्दार कार्यक्रमा संलग्न आलोक अवस्थीले एएफपीलाई बताए ।दुई वर्ष अघि सरकारले बस्नको लागि अयोग्य बताए पनि ५० वर्ष पुरानो उक्त भवनमा मानिसहरु बसोबास गरिरहेका थिए ।केही दिन अघि मात्रै मुम्बईकै थकरुलीमा तीन तले भवन भत्किंदा ९ जनाको मृत्यु भएको थियो । मुम्बईमा घरभाडा एसियाकै महंगो मानिन्छ जसका कारण कम आय भएकाहरु पुरानो र जीर्ण घरमा बस्न बाध्य छन् । मुम्बईमा ७० वर्ष पुराना घरहरुको संख्या मात्रै १४ हजार भन्दा बढी छ । मुम्बईमा सन् २००८ र २०१२ को बीचमा मात्रै सय भन्दा बढी पुराना घर भत्किएका थिए जसमा ५३ जनाको ज्यान गएको थियो भने १०३ जना घाइते भएका थिए । बीबीसी

About The Author

अन्य समाचारहरु: