
काठमाडौ –
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।
लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो ।