Sat. Mar 1st, 2025

दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण

काठमाडौं – स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात, विशिष्ट अतिथि साहित्यकार प्राडा खेम कोइराला बन्धु, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, साहित्यकार एवं स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक स्रष्टा खेमनाथ दाहाल, स्रष्टा दाहालकी धर्मपत्नी उषा दाहाल, कृतिका सम्पादक रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

About The Author

अन्य समाचारहरु: