धादिङ– एमालेमा पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन आउन लागेको नेकपा एमाले सचिव योगेश भट्टराइले बताएका छन् ।
नेकपा एमाले धादिङले मदन आश्रीतको ३०औँ स्मृति दिवसको अबसरमा बुधबार धादिङबेसीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले एमालेले आफूलाई समयानुकुल परिमार्जन गर्दै लगेको बताए ।
पार्टीसदस्यहरुलाई उम्मेदवार छान्न दिने खालको लोकतन्त्र जानताको बहुदलिय जनबाद अन्तरगत अभ्यास गर्न दिने व्यवस्था एमालेले निति बनाउने अवस्थामा पुगेको बताउँदै एमाले सचिव भट्टराइले आफूले उम्मेदवार छानेपछि कार्यकर्ताले जिताउन नसके सिस्नुपानी लगाउने खालको निति बनाइने बताए ।
मदन भण्डारीको योगदान, क्षमता र पार्टीको सिद्धान्त बारे बोल्दै भट्टराइले इतिहासको अन्त्य नहुने भएकोले मदन आश्रितको मृत्यु बारे खुल्ने बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले मात्र आफ्ना आरोप लागेका उपाध्यक्ष रायमाझीलाई निलम्बन गरेको उल्लेख गर्दै यस प्रकरणमा जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन एमालेले सघाउने र कारबाही गराउन लागि पर्ने बताए ।
मदन भण्डारीको मार्ग दर्शनका कारण एमालेले नेपालको माटो र जनता सुहाउँदो किसिमले सत्ताको उपयोग गर्दै यो परिवर्तन सम्भव भएको दावी गर्दै प्रदेश सरकार खारेज गर्ने भनेर एमालेले यो सन्दर्भमा नभन्ने धारणा व्यक्त गरे ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवं धादिङ कम्यूनिष्ट आन्दोलनका संस्थापक जगन्नाथ नेपाल, एमाले जिल्ला उपाध्यक्ष धनबहादुर घले, मदनभण्डारी फाउण्डेशनका जिल्ला अध्यक्ष उमेश थापाले जनताको बहुदासलय जनबादका बारेमा बोल्नु भएको थियो। कार्यक्रममा एमाले कार्यकर्ताहरुले अन्तरक्रियाको क्रममा नेताहरु सच्चिन आग्रह गर्दै यति भए कार्यकर्ताले पार्टी जोगाउने बताएका थिए ।