Wed. Nov 27th, 2024

सभामुख हुँदा एमालेबाट सांघातिक हमला भयो : सापकोटा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७८ भाद्र २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौती दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको आरोप लगाए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अलग भई अर्को पार्टी खालेका माधव नेपालसहितका नेताहरूलाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेले सांघातिक हमला गरेको बताए ।

About The Author

अन्य समाचारहरु: