काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो पार्टीका नेता अपराधमा मुछिँदा राजनीतिक दलहरुले उसको बचाउ गर्ने गरेका बताएका छन्।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पराजुलीले पार्टीका नेताहरू अपराधमा मुछिँदा उसलाई बचाउन निकृष्ट नाटक मञ्चन हुने गरेको बताए।
नाटक मञ्चन जिम्मेवार भनिएका दल जसले आम नेपाली जनतालाई सुशासनका झुटा वाचा गरेर आउनुभएको छ । खबरदार अब यस्तो नाटक मञ्चन गरेर जनतालाई भ्रम छर्ने र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल अब नगरियोस् ।’
उनले सुशासनको वाचा गरेर आएका राजनीतिक दलहरूज्ञनै भ्रष्टाचारीलाई बचाउन लागि परेको पनि आरोप लगाए।