Wed. Nov 27th, 2024

निर्माण थालेको छ महिनामै सम्पन्न भयो नुवाकोटमा मोटरेबल पुल

????????? ???? ?????????? ??? ??? ? ??????????? ??? ?? ? ??????? ?????? ???????????? ??????? ?????? ????? ????? ??????? ?????? ???????? ???????????? ???????? ?????????? ??????? ?????????? ? ?????? ? ?????? ????????/????

नुवाकाेट – नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्माणकाे काम सम्झौताको १४ महिनाअगावै सकिएको छ । 

तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण गरिएको हो । 

निर्माण थालेको छ महिनामै काम सम्पन्न भएको हो । पुल बनेपछि उर्लेनीको कृषि उपजलाई बजार पुर्याउन, स्थानीय बासिन्दालाई दैनिक उपभोग्यवस्तु खरिद बिक्री गर्न तथा सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग बनाउन सजिलाे हुने भएकाे छ । 

विसं २०७९ साल असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच २०८१ साल असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएको थियो ।  खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको  पक्की पुलको हिजो बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नु भएकाे हाे।

About The Author

अन्य समाचारहरु: