Wed. Nov 27th, 2024

एक महिनामै बोरामा चार सय रुपैयाँसम्म बढ्यो चामलको मूल्य

काठमाडौं– एक महिनामै चामलको मूल्य प्रतिबोरा करिब ४ सय रुपैयाँसम्मले बढेको छ। गत चैतको मूल्य भन्दा वैशाखमा ३ सय ७५ रुपैयाँले चामलको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। 

चैतमा प्रतिकेजी ९५ रुपैयाँ पर्ने त्रिशुलीको पोखरेली चामल अहिले प्रतिकेजी १ सय ५ रुपैयाँ पुगेको छ। २५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रतिबोरा २ हजार ३ सय ७५ पर्थ्यो। अब भने प्रतिबोरा २ हजार ६ सय २५ रुपैयाँ पर्ने खुद्रा व्यापार संघले जनाएको छ।

स्टिम जिरा मसिनो चामल गत चैतमा प्रतिकेजी ७५ रुपैयाँ पर्थ्यो। एक महिनाकै अन्तरमा चामल प्रतिकेजी १५ रुपैयाँले बढेर ९० रुपैयाँ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  १ हजार ८ सय ७५ पथ्र्यो। अहिले ३ सय ७५ रुपैयाँले बढेर प्रतिबोरा २ हजार २ सय ५० पुगेकोे छ।

लङ्ग्रेन बासमती चामल प्रतिकेजी ५ रुपैयाले बढेको छ। गत चैतमा प्रतिकेजी १ सय ७० पर्ने चामल अहिले ५ रुपैयाँ बढेर प्रतिकेजी १ सय ७५ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  ४ हजार २ सय ५० पथ्र्यो। अहिले १ सय २५ रुपैयाँले बढेर प्रतिबोरा ४ हजार ३ सय ७५ पुगेकोे छ।

उपभोक्ता अधिकारकर्मीहरू एउटै वस्तुमा विभिन्न ब्राण्ड दिएर चर्को मूल्य असुल्नु अपराध भएको बताउँछन्।

About The Author

अन्य समाचारहरु: