Wed. Nov 27th, 2024

उपचार सकेर राष्ट्रपति पौडेल आज बेलुकी स्वदेश फर्कने

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। श्री एयरलाइन्सको जहाजमार्फत राष्ट्रपति पौडेललाई भारत लगिएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ।

About The Author

अन्य समाचारहरु: