Mon. Mar 31st, 2025

चितवन-२ मा रवि लामिछाने पुन: भारी मतभारसहित विजयी

धादिङ – चितवन-२ मा रवि लामिछाने पुन: भारी मतभारसहित विजयी भएका छन् । यसअघिको आफ्नै रेकर्ड ब्रेक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने विजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार लामिछाने ५४ हजार १७५ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याए। श्रेष्ठलाई ४३ हजार ६१ मतान्तरले लामिछानेले पछि पारे। तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए। 

नागरिकता पुन: प्राप्तिका प्रक्रिया पूरा नगरेका कारण लामिछानेको सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन भएको थियो। 

यसअघि गत मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

About The Author

अन्य समाचारहरु: