
चितवन– चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार रविले ४३ हजार १०१ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ९५२ मत मात्रै पाएका छन् । त्यस्तै नेकपा एमालेका राम प्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाएका छन् ।
चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ६० हजार ६ सय ७३ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ३६ हजार मतले अगाडि छन् ।